काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसदहरूको आक्रामक प्रस्तुती झनै चर्को हुँदै गएको छ ।निर्मला हत्या प्रकरणमा जतिजति दोषी पत्ता लाग्न ढिला भैरहेछ सडक र संसदमा सरकारको आलोचना पनि उत्तिकै बढ्दो छ ।संसदमा नेपाली कांग्रेसका सांसद गगन थापा र अमरेश कुमार सिंह प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलमाथि खनिएका छन् । निर्मला हत्या प्रकरणलाई लिएर दैनिकजसो संसदमा सांसदहरूले सरकारको आलोचना गरिरहेका छन् । दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिन संसदमा बारमबार आवाज चर्किएको छ ।प्रतिपक्षी दलका सांसद गगन थापा र अमरेश सिंह मात्रै हैन अन्य सरकार बाहिरका दलका सांसदहरू पनि संसदमा यसरी आक्रामक प्रस्तुत भएका छन्, जुन दृश्य हेर्दा सरकार निकै रक्षात्मक अवस्थामा देखिन्छ ।यो भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया