काठमाडौं । हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो हिजो एक कार्यक्रममा सार्वजनिक भएको छ ।उक्त गीतको शब्द नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको अध्यक्ष रामशरण न्यौपानेको रहेको थियो भने गायक/गायीकामा रामचन्द्र काफ्ले र पूर्णिमा लामाको मिठो स्वर रहेको छ । गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोक राईले गरेका थिए । गीतको भिडियोको छायाँकन विक्रम कार्की र दिपक गिरीले गरेका थिए । उत्पादक तथा वितरक जनता डिजिटल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो । सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठी भन्दा बढिको कोरस रहेको छ । कलाकारहरुमा अहिलेको चर्चित मोडल करिश्मा ढकाल, सिर्जु अधिकारी, कला लम्साल, सनध्या पौडेल, सोभा भण्डारी र जस्मीन मगरको अभिनय रहेको छ र साथमा नवीन नगरका सचिव चेतनारायण न्यौपानेको अभिनय रहेको छ । गितको हरेक शब्द–शब्दले जनचेतनामुलक सन्देश दिनुका साथै समाज विकास र समृद्ध राष्ट्र बनाउने सपना बोकेको सन्देश दिन्छ । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया