धनुषा – आज संविधान जारी भएको तीन वर्ष पूरा बिभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ । तर जनकपुरमा संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार जनकपुरको विभिन्न स्थानबाट डा। सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गसरिएको छ ।

आज संविधान दिवसको अवसरमा अलग मधेशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेको छ । पूर्व घोषित कार्यक्रम अन्तर्गत डा। सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको छ । त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा। राउतलाईसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।बाह्रविघा मैदानमा भव्यताका साथ कालो दिवस मनाउन स्वतन्त्र मधेश गठबन्धनले चलु जनकपुर , भरु जनकपुर ’ नारा दिँदै व्यापक प्रचार प्रसार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया