चर्चित बलिउड अभिनेता अर्जुन कपूरको बिहे बारे अहिले मिडियामा धेरै चर्चा छ । परिवारको बिपरितमा बिहे नगर्ने अभिनेता अर्जुन कपूरले आफ्नो बिहे बारे एउटा ठुलो खुलासा गरेका छन् । भारतिय मिडियाका अनुसार उनले आफ्नो जन्मदिनको अवसरमा आफ्नो हजुरआमाले भनेका कुरा मिडियामाझ शेयर गरेका छन् । उनकी हजुरआमाले भनिन् कि पर्दामा अभिनेता अर्जुन कपूरको जोडि केमेस्ट्रि अभिनेत्री परिनिती चोपडासंग सुहाउछ ।रियल लाइफमा पनि उनकी हजुरआमा उनीहरुको बिवाह भएको हेर्न चाहन्छिन् । अब उनकी हजुरआमाले भनेको कुरा रियलमा हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।तर अभिनेता अर्जुन कपूरले भने आफ्ना बहिनीको बिवाह भएपछी मात्र बिबाह गर्ने भनेका छन् ।

तपाईको प्रतिक्रिया