काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ । यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् । बिहीबार प्रसारित नेपाल आइडलको पियानो राउण्डमामा ईतिहासमै पहिलो पटक गोल्डेन माईक पाउने मिनराजले यस्तो प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया