रिलिजको एक दिन अगाडी फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को प्रिमियर शो गरिएको छ । चलचित्र हेर्नु लाई कलकार र पत्रकारको बाक्लो उपस्तिती थियो । रिलिजको एक दिन अगाडी मात्र शिर्ष गीत रिलिज गरिएको छ । सार्वजनिक इन्टु मिन्टु गीतमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साल्सा डान्स गरेका छन् । सुजिल कर्मचार्यको शब्द, संगीत र स्वर रहेको सार्वजनिक गीतमा श्रेया सोतांगको फिमेल भोकल छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका छन् । फिल्ममा समावेश तीन गीतहरु सार्वजनिक भैसकेका छन् । रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ धिरज मगरसँगै शारुक ताम्रकारको मुख्य भूमिका छ । फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रिमियर शो प्रोग्राममा सम्राज्ञी र धिरज संगै निरेशकको पनि रुवाबासी भएको छ ! हेर्नुहोस् भिडियो….

तपाईको प्रतिक्रिया