काठमाडौं – गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले दरखास्ता आव्हान गरेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीलगायत पदहरुमा भर्ना आह्वान गरेको हो ।प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ र प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै खेलाडी ३० जनाको दरखास्त आव्हान गरेको छ ।यसैगरी प्रहरीका लागि खाना बनाउने भान्से ३२० जना र कपाल काट्ने हजाम १५ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

अन्यमा सिलाई बुनाईसम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जनाका लागि समेत भर्ना खुलेको हो ।दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त बुझाउन सकिनेछ । यसका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट समेत सो पदका लागि दरखास्त दिन सकिने जनाइएको छ ।प्रहरी जवानका लागि भने महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट समेत दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया