। हिजोआज बलात्कारको घटना सामान्य झै समाचार बनिरहेका छन्् । यस्तोमा एउटा दर्दनाक घटना अहिले बाहिर आएको छ । भारतको सुरतको डिंडोलीमा घटेको यो घटनामा रातको २ बजे ५ वर्षकी बालिका रगतै भएर बल्लतल्ल खोच्याउँदै घरमा पुगिन् ।

उनको निर्ममतापूर्वक बलात्कार गरिएको थियो । ती बालिका शनिबार राती आमासँग सुतिरहेकी थिइन् । सुतिरहेका बेला उनलाई कसैले मध्यरातमा उठाएर लिएर गइ बलात्कार गरेको थियो । जब उनी रुँदै घर फर्किन् त्यसपछि उनका आमाबुवा निकै आत्तिए । बिहान बालिकालाई अस्पताल लिएर गए जहाँ ४ डाक्टररको टिमले २ घण्टासम्म सर्जरी गरे ।

बालिकाको गुप्तांगमा २० टाँका लगाउनुपरेको बताइएको छ । भारतको सुरतको डिंडोलीकी ती बालिकालाई अस्पताल भर्ना गरेपछि प्रहरीलाई खबर गरिएको थियो । बालिकाको गुप्तांगमा ६ इन्च भित्रसम्म घाउ भएको डाक्टरहरुले बताएका छन् । घाउ ठिक हुन डेढ महिना लाग्ने बताइएको छ । पुलिसले शंकास्पद ११ जनालाई हिरासतमा लिएको छ । आमाका अनुसार राती २ बजे सबैजना सुतेका थिए । त्यसपछि उनी पनि निदाइन् । राती २ बजे बालिका रुँदै आइन् । रगत बगिरहेको देखेपछि आमाले सोध्दा बालिकाले भनिन् ‘अंकलले लिएर जानुभएको थियो । उहाँले २ रुपियाँ पनि दिनुभएको थियो । तर, पैसा भने खै कता खस्यो ।’ बालिकाले आमालाई रगत धोइदिन पठाएकी थिइन् ।

बालिकाको अपरेशन गर्ने डाक्टरको टोलीको नेतृत्व गर्ने डाक्टर ध्वनी देसाइका अनुसार बालिकाको गुप्तांगमा निकै गहिरो घाउ छ । एनेस्थेसिया दिएपछि पूरा जाँच गर्दा थाहा भयो कि अपरेशनबिना उपचार सम्भव छैन । उनलाई भर्ना गरिएको छ । बालिकाको हालत देखेर आमाको मुटु काँपेको थियो । बालिकाले अंकलले लिएर गएको भने पनि कुन अंकल भन्न सकेकी छैनन् । प्रहरीले ५ टिम बनाएर प्राप्त सुरागका आधारमा आरोपीको खोजी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया