काठमाडौं – १४ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै निर्मला पन्तको निम्ति न्याय माग गर्दै आज सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरिएको छ।अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।

विभिन्न पेशा तथा संस्था आबद्ध व्यक्तिहरुले प्रदर्शन गर्दै गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न सकेनन् भन्दै उनीहरु विरुद्ध नारा लगाएका थिए। प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए।गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। तर धेरैथरि अनुसन्धान टोली बने पनि अपराधी पत्ता लाग्न सकेको छैन।

तपाईको प्रतिक्रिया