पोखरामा तिम्ल्याहा भाइृहरु भेटिएका छन् । आधा घण्टा रपन्ध्र मिनेटको फरकमा जन्मिएका यि तिम्ल्याहा भाईहरु सँगम पोखरेल, सरगम पोखरेल र सन्दिप पोखरेल हाल २२ बर्षका भए । एकअर्कामा निकै नै मिल्ने यि ३ भाईहरुले एक अन्तर्वार्तामा तिम्ल्याहा भएर जीवनमा भोगेका रमाईला अनुभवहरु साटेका छन् ।

सानोमा यि भाईहरुको दरुस्तै अनुहारका कारण आमा बुवा नै झुक्किने बताए । एउटा बिरामी हुँदा अर्कोलाई हस्पिटल लगेका दिनहरु पनि थिए, माईला भाईले भने । यस्तै एकको गर्लफ्रेण्डसँग अर्को डेट जानु भाछ भन्दा उनीहरुले रमाईलो उत्तर दिए । फोनमा एकको साथीलाई अर्कोले सताउने, उस्तै अनुहार मात्रै हैन स्वर पनि हुनुको रमाइृलो यो छ ।

फिल्ममा अभिनय गर्न चाहने यि तिम्ल्याहा भाईहरु अनेका प्रविधिले डबल रोल ट्रिपल रोल गर्नुको सट्टा हामीलाई खेलाउनु नि भन्छन् । व्याचलर सकाएर बसेका यि भाईहरुसँग शिशिर भण्डारले रमाईलो कुरा गरेका छन् ।

तपाईको प्रतिक्रिया