साविकको बागमती अञ्चलमा दुईपांग्रे सवारी दर्ता यातायात व्यवस्था नियमावलीमा ०१४ मा भएको प्रावधानका कारण रोकियो । उक्त समस्या समाधानका लागि यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयको रायसहित नियमावली संशोधनका लागि मन्त्री परिषद्मा पेश ग-यो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संविधानले अञ्चल संरचना नचिन्ने भनेपछि नियमावली संशोधन हुन सकेन। र, साविक बागमती अञ्चलमा नयाँ मोटरसाईकल दर्ता थप जटिल बनेको खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन् । प्रधानमन्त्रीले भनेजस्तो तत्काल प्रदेश संरचनामा सवारी दर्ता संभव नरहेको मन्त्रालयका एक सहसचिवले बताएका छन्।

तपाईको प्रतिक्रिया