काठमाडौं – आज बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य हिजोको तुलनामा आज कुनै परिबर्तन भएको छैन । हिजो प्रतितोला ५८ हजार ९ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य भने तोलामा १ सय रुपैयाले बढेर तोलामा ५८ हजार ७ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मुल्यमा पनि कुनै परिवर्तन नआइ प्रतितोला ७ सय ४० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया