पछिल्लो समय लगातार बढिरहेको अमेरिकी डलरको भाउ अझ बलियो बन्दै गएको छ ।केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ आज डलरको भाउ १ सय १९ नाघेको छ ।आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ ।

अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ पनि कमजोर बन्दै गएको छ ।आज जापानिज १० यनको खरिददर १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ । यता, कतारी १ रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा हुँदा बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।त्यसैगरी १ युरोको खरिददर १ सय ३५ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, आज १ युरो पाउन्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रीदर भने १ सय ५५ रुपैयाँ ७० पैसा कायम छ ।

तपाईको प्रतिक्रिया