माया त आखिर माया नै हो । जिवनमा जति सुकै अप्ठेरा र बाधाहरु आउन् तर सबै अप्ठेरा र बाधालाई छिचोल्ने एउटै कशी हो माया । रविना बादी र श्यामलाल ओलीको सम्बन्धका पछिल्लो केही महिना मिडियाको खुराक बने । श्यामलालले जिवनको आधा बाटोमै छोडे भनेर मिडिया सामु आएकी रविनाका केही आफ्नै गल्तीहरु पनि वाहिरिए ।

त्यस बिचमा फेरी श्यामलाल पनि मिडियामा आए पछि दुई जना बिच मिडियाकै सामु विभिन्न मोडका कुराकानी भए । उनीहरुको सम्बन्धलाई लिएर दर्शक श्रोताले विभिन्न टिका टिप्पणी गरे । एक साता अघि मिडिया सामु नै उनीहरुले विगत विर्सेर फेरी नयाँ जिवन सुरुवात गर्ने घोषणा गरे ।

आफ्नो सम्बन्धको विभिन्न मोड पार गरेर लाइट नेपालको कार्यालयमा आएकी रविनाले फेरी उनी श्यामलाललाई समर्पित गरेर एउटा गीत गाइन् । जसमा उनको मायाको गहिराई लुकेको छ । सम्बन्धमा तिक्तता आओस्, चाहे समबन्ध नै नरहोस् तर माया जिवन्त हुन्छ भन्ने उदाहरण फेरी एक पटक रविना बादीले प्रमाणीत गरिदिएकी छन् । भिडियो

तपाईको प्रतिक्रिया