काठमाडौँ – नेपालमा यस्ता चर्चित हिरोहरु छन् जसलाइ कपालले नै धोका दिएको छ । नेपालका यी हिरोहरुमा जुन आफ्नो कपालले धोका दिएपछि नक्कली कपालको सहारा लिनु परेको छ । हेर्नुहोस् यी हुन ती चर्चित कलाकार जो नक्कली कपालको सहारा लिएका छन् ।

जीवन लुइँटेल – कुनै समयका हिट हिरो जीवन लुइँटेललाई पनि कपालले धोका दिएको छ । अभिनय र लुक्सले लाखौँको मन जितेका उनि कपालको बिषयमा दुखी नै रहे । सानो उमेरमै कपाल झरेपछि उनले पनि नक्कली कपालको सहारामा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

भुवन केसी – उमेर बढेसंगै अब नायक भुवन केसीको बुढोपन देखिन थालेको छ भने कपालले पनि धोका दिन थालेको छ । चलचित्रमा मात्रै हैन, कतिपय कार्यक्रममा उपस्थित हुँदा समेत उनी नक्कली कपाल लगाएर देखिन थालेका छन् ।

आर्यन सिग्देल – चकलेटी नायक आर्यन सिग्देलले पनि नक्कली कपालकै सहारामा बाँचिरहेका छन् । आफ्नै कपालले धोका दिँदा उनी खुसी बन्न सकेनन् । नेपाली फिल्ममा आफ्नो पहिचान बनाइसकेका उनले केही चलचित्रमा भने आफ्नै कपालमा पनि अभिनय गरेका छन् । तर, राम्रो नदेखिएपछि नक्कली कपालको शरणमा पर्नुपर्यो ।

तपाईको प्रतिक्रिया