काठमाडौं – आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ बिहीबार फेरि ३ सय रुपैयाँ बढेको हो । यसअघि गएको वैशाख ३० गते सुनको भाउ तोलाको ५९ हजार ३ सय रुपैयाँ थियो । त्यसपछि साउन ३० गते भाउ घटेर ५५ हजार ६ सय रुपैयाँमा झरेको थियो । चाँदीको भाउ भने गएको सोमबारदेखि नै स्थिर छ । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया