काठमाडौँ । अमेरिका बस्ने नेपाली पाइलट प्रमोद रेग्मीले आफै जहाज बनाएर त्यसमा नेपालका प्रविधि विज्ञ महावीर पुनलाई अमेरिकी आकाशमा उडाएका छन् ।

पाइलट रेग्मीले डेढ करोड आफ्नै लगानीमा १८ महिना लगाएर बनाएको जहाज अमेरिकी हवाइ विभागमा सूचिकृत भएर उडान अनुमति समेत प्राप्त गरि उडान भरिरहेको छ ।

नेपालबाट अमेरिका पुगेका महावीर पुन पाइलट प्रमोदको जहाजमा पहिलो नेपाली पाहुना यात्रु भएर ४५ मिनट आकाशमा उडे ।

‘नेपाली भाइहरूले बनाएको जहाजमा बसेर अमेरिकाको आकाशमा उड्दा खुसी र गौरव लाग्यो,’ महावीरले भने ‘यस्ता प्रतिभाहरू नेपालका लागि गौरव हुन्, नेपालबाट पाइलट कोर्श गर्न बाहिर जाने विद्यार्थी र ठूलो धनराशी रोक्न सकिन्छ, त्यसको संभावनाबारे बहसको खाँचो छ ।’

पाइलट प्रमोद र महावीर अमेरिकी आकाशमा उड्दा अनबोर्ड क्यामेरामा रेकर्ड गरिएको भिडियो तल छ । उडान पछि पुनले पाइलट प्रमोदको ग्यारेज अवलोकन गरेका थिए ।

पाइलट प्रमोदले ग्यारेजबाट आफ्नो जहाज निकालेर रनवे हुँदै अमेरिकी आकाशमा उडान भरेको देखेका महावीरले नेपालीका लागि यो निकै खुसीको कुरा भएको सुनाए ।

पाइलट प्रमोद र महावीर पुनको उडानका रोचक दृश्य जहाजको अनवोर्ड क्यामेरामा कैद भएको छ । पाइलट प्रमोदसँग जहाज बनाउँदाका अनुभव, त्यो जहाज नेपाल ल्याउने पाइलट प्रमोदको चाहना अनि उनको जहाजमा पहिलो पाहुना यात्रु बनेर गौरवको उडान भरेका नेपाली प्रबिधि विज्ञ महावीर पुनको प्रतिकृया सुन्दै आउनुस् नेपालीले बनाएको जहाजमा अमेरीकी आकाशको सयर गरौँ । श्रोत डिसी नेपाल

तपाईको प्रतिक्रिया