एजेन्सी – बलिउडका महानायक अमिताभ बच्चनको जन्मदिन ।आज बाट उनी ७६ वर्ष पुरा भएका छन् । आज अमिताभको परिवारको लागि विशेष दिन पनि हो । भारतकै धनि सांसद मध्येकी एक जयासँग अमिताभले विवाह गरेका थिए । जया आफैले आफुहरुसँग करोडौँको सम्पति रहेको खुलाएकी छन् ।राज्यसभाको नोमिनेशनको समयमा जयाले आफ्नो सम्पति विवरण बुझाएकी थिइन् । जयाको सम्पति विवरणमा ४ सय ६० करोड रुपैया बराबरको अचल सम्पति रहेको र ३ सय ३४ करोड रुपैयाँ बराबरको चल सम्पति रहेको बताएकी छन् । उनीहरुसँग कुल ६२ करोडको सुन र अन्य गहना रहेका छन् । ती मध्ये अमिताभसँग ३६ करोडको गहना रहेको उल्लेख छ ।

अमिताभका १२ वटा गाडी रहेका छन् भने ती सबै १३ करोड भन्दा बढी मूल्यका रहेका छन् । उनीहरुसँग रोल्स रोयल, तीन वटा मर्सिडीज, पोर्शे, रेन्स रोभर जस्ता गाडीहरु रहेका छन् । उनीसँग टाटा न्यायो र ट्रयाक्टर पनि छ । ३।४ करोडको घडी त अमिताभले लगाउँदै आएका छन् । उनीसँग ९ लाख रुपैया पर्ने पेन पनि छ । अमिताभको ३१७५ स्क्वायर मिटरको रेसिडेन्सियल प्रपर्टी फ्रान्समा पनि रहेको छ ।यतिमात्र हैन् नोएडा, भुपाल, पुणे, इलाहावद र गानधीनगरमा बच्चन परिवारको सम्पति छ । जयासँग १।२२ हेक्टरको कृषि प्लान्ट पनि रहेको छ । उक्त प्लान्टको मूल्य २।२ करोड पर्छ । अमिताभसँग छुट्टै ३ एकड व्यान्ट छ । जसको मूल्य ५।७ करोड पर्छ ।

तपाईको प्रतिक्रिया