केहि समय अगाडि मिडियामा, युट्युवमा निकै चर्चामा आएको नाम हो रविना बादी । रविनाको बैबाहिक जिवनको कहानी खुबै चर्चामा रह्यो बिभिन्न टिकाटिप्पणी पाएको उनको सम्बन्धले कति राम्रो त कति नराम्रो प्रतिक्रिया बटुल्यो ।

रविनाको एकतर्फि कहानी सेलाउन नपाउदै मिडियामा उनका श्रीमान श्यामलाल आए र यो बिषयले एकाएक अर्कै मोड लियो । तर बिस्तारै रविना र श्यामलालले बिभिन्न सर्त, प्रतिवद्धता जनाउदै एकहुन सम्बन्धलाई अघि बढाउने सहमतीमा पुगे । केहिदिन अघिमात्रै मिडिया सामु नै उनीहरुले विगत विर्सेर फेरी नयाँ जिवन सुरुवात गर्ने घोषणा गरे ।

आफ्नो सम्बन्धको विभिन्न मोड पार गरेर लाइट नेपालको कार्यालयमा आएकी रविनाले फेरी उनी श्यामलाललाई समर्पित गरेर एउटा गीत गाइन् । जसमा उनको मायाको गहिराई लुकेको छ । सम्बन्धमा तिक्तता आओस्, चाहे समबन्ध नै नरहोस् तर माया जिवन्त हुन्छ भन्ने उदाहरण फेरी एक पटक रविना बादीले प्रमाणीत गरिदिएकी छन् । भिडियो

तपाईको प्रतिक्रिया