राजपुर नगरपालिकामा पर्ने राजपुर गाउँमा स्थानीयहरु बीच झडप हुदाँ महिला बालबालिका सहित दर्जनौं घाइते भएका छन् । सोमबार कलस यात्राको क्रममा स्थानीय मुस्लिम र हिन्दु समूदायका सर्वसाधारण बिच दोहरो झडप हुदाँ दुवै तर्फबाट गरी एक दर्जन भन्दा बढी घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय राजपुर नगरपालिका वडा नं.६ बस्ने वर्ष २२ को राजु प्रसाद जयसवाल, वर्ष १६ की खुश्बु जयसवाल, वर्ष ४० की संजिता देवी साह, वर्ष ३३ की इन्दु देवी यादव, वर्ष ३५ की संजु देवी साह, वर्ष १२ की प्रियंका महरा, वर्ष २२ का सुनिल राम त्यसै गरी बलुवा टोल निवासी खुरसैद खान, राजपुर निवासी शेख हफिज आलम, शेख खुरसैद, नजरे आलम घाइते भएको र प्रहरी निरिक्षक ओमप्रकास यादवले जनाएका छन् ।

घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । अन्य समान्य घाईतेहरु प्राथमिक उपचार पछि घर फर्किएको प्रहरीको भनाई छ । स्थानीय गोला चौकमा बनेको दुर्गा माताको मूर्तिको मुख खोलाउन सप्तमी अगाडि निकालीएको कलस यात्रामा मस्जिदको बाटो हिडेको विषयलाई लिएर झडप भएको हो ।

हातहातमा झण्डा र टाउकोमा कलस बोकी बाजा गाजाका साथ स्थानीयहरु नदीमा जल बोझी गर्न जाने क्रममा झडप भएको थियो । गोला चौक बाट निस्केको कलस यात्रा पानी टकीं निर आउँदा प्रायः भक्तजनहरु पुरानै मेन रोड बाटो गएको र बाटो सागुंरो भएको कारणले केही बालबालिका र महिला भक्तजनहरु नयाँ बनेको बाईपास बाटो गएका थिए । बाईपास बाटो मै मस्जिद पर्ने भएकोले मस्जिदको बाटो आएको आरोप लगाउदै केही मुस्लिम समुदायका स्थानीय व्यक्तिहरुले भक्तजनहरुलाई रोक्न खोज्दा झडपको स्थिति सृजना भएको स्थानीयहरुको भनाई छ ।

कलस यात्राको केही भक्तजनहरु स्थानीय मस्जिदको बाटोबाट किन गएको भन्दैमुस्लिम समुदायका केही युवा जमातहरु ले भक्तजनहरु माथि ढुगां मुढा र लाठी बर्साउ थालेपछि दुवै समुदायका स्थानीयहरु बिच चर्काचर्की हुदाँ झडपको रुपमा परिणत भएको स्थानीय उमा शंकर साहले बताए ।

स्थिति नियन्त्रणमा लिन प्रहरी तिन राउन्ड हवाई फायर समेत गरेको छ । घटना स्थलमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रहरी उपरिक्षक केदार ढकाल, शस्त्र प्रहरी उपरिक्ष कृष्णा ढकाल सहितको टोली पुगेर दुबै पक्ष बिच सदभाव र भाईचारा कायम राख्न दुवै पक्षका भद्रभलादमी संग सहकार्य र छलफल गर्न व्यस्त छन् ।घटना स्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।

मंगलबार सप्तमी फुलपाती पर्ने भएकोले एक दिन अगाडि नै दुर्गा माताको डोली सहित कलस यात्रा निकाली भोलि पल्ट बेल पत्र ल्याई दुर्गा देवीको मूर्तिको मुख खोल्ने र विषेश पूजा आजा गर्ने परम्परा छ । सदरमुकाम गौरबाट पश्चिम मुस्लिम बाहुलय क्षेत्र मानिन्छ । त्यहा काग्रेंशबाट मो. अफताब आलम सांसद बनेका छन् ।

आजतकमधेशबाट

तपाईको प्रतिक्रिया