कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी दुर्गा पन्तको घरमा अघिल्ला दशैँहरुमा असीमित खुसीहरु भित्रिने गर्दथे, भलै स्रोत साधन सीमित थिए। तर यो वर्ष उनलाई दशैँ नै नआइदिए हुन्थ्यो जस्तो भएको छ। दुर्गाकी माहिली छोरी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कार गरी हत्या भयो।

तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता लाग्न सकेको छैन।दशैँ आएकाले छिमेकका घरमा कोही रंगरोगन गरिरहेका थिए। धान काट्ने सिजन भएकाले कतिपय धान काट्ने कार्यमा व्यस्त थिए। सबैतिर दशैँको चहलपहल भइरहँदा निर्मलाको घरमा भने सन्नाटा छाएको थियो।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया