पछिल्लो समय अभिनेता रणविर सिंह र अभिनेत्रि दीपिका पादुकोणबीचको बिबाह सम्बन्धलाइ लिएर बलिउडमा निकै चर्चा चलिरहेको छ ।नायका रणविर सिंह र नायिका दीपिका पादुकोणबीच अगामी नोभेम्बर १५मा बिहे हुने भएको छ । त्यस्तै यी दुइको बिबाह सम्बन्धले बलिउड अभिनेत्री दीपिका पादुक र सोनम कपुर अब एउटै नातामा हुने भएका छन ।उनीहरुको सम्बन्ध नन्द भाउजुको रहने भएको छ । सोनमकी आमा सुनिता कपुर र रणविर सिंहका बाबु ज जगजित सिंह भवानी दुई भाईबहिनी हुन् ।तर नायिका दीपिकाले रणविरसँग बिहे गर्ने निश्चित भए पनि यसअघि पनि दीपिकाको नाम धेरै जनासँग जोडिएर आउने गरेको थियो । कुनै समय दीपिका अर्का रणविर अथवा रणविर कपुरसगँ डेट जाने गर्थिन तर त्यो बेला रणविर कपुरले सोनम कपुरलाई छोडेर दीपिकासँग डेट गरेका थिए । यो घटनापछि एकै सयम बलिउडमा प्रवेश गरेका यी अभिनेत्रीबीच मनमुटाव शुरु भएकोे थियो ।

त्यसैगरी यी दुबै सोनम र दीपिकाका पहिलो फिल्म पनि एकै दिन प्रदर्शन भएका थियो ।सोनमले चलचित्र सावरियाबाट डेब्यू गरेकी थिइन् भने दीपिकाले ओम शान्ति ओमबाट प्रवेश गरेकी हुन । सावरियामा सँगै काम गरेका रणविर कपुर र सोनमबीच रोमान्स हुने गरेको समेत बताइएको थियो ।तर एकाएक रणविर दीपिकासँग जोडिएपछि यी दुई अभिनेत्रीबीच झगडाको माहोल सृजना भयो ।तर यो समयमा आएर जति नै झगडा भएपनि यिनीहरुको नया नाताको सुरुवात हुने भएको छ ।उनीहरु मध्ये सोनम अब भने दीपिकाकी नन्द बन्दैछिन् । करिअरको शुरुआतदेखि एका अर्का्विरुद्ध बेमेल गर्दै आएका सोनम कपुर र दीपिका अब एउटा नातामा हुने भएपछि यिनीहरुबीचको सम्बन्धले कस्तो रुप लिन्छ, त्यो भने हेर्न बाँकी छ । तर यसअघि रणविर कुपरले कैटरिना पाएपछि दीपिकालाई पनि धोका दिएका थिए । साथै आजभोली रणविरले आलिया भट्टलाई पाएपछि कैटरिनालाई पनि धोका दिएका छन् ।

तपाईको प्रतिक्रिया