सन् २००९ मा म्यानचेस्टर युनाइटेड छाडेपछि दोस्रो पटक ओल्ड ट्राफोर्ड आएका रोनाल्डोका लागि यसपटक भने अलि फरक वातावरण बन्यो । बलात्कार आरोप खेपिरहेका रोनाल्डोले पत्रकार सम्मेलन पहिलाे पटक खुलेर अाफ्नाे भनाइ राखे ।

युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा युनाइटेडसँग भिड्न मैदानमा उत्रिनुअघिको पत्रकार सम्मेलनमा रोनाल्डो सबैलाई आश्चार्यमा पार्दै उपस्थित भएका थिए । जहाँ पहिलो पटक ३३ वर्षिय रोनाल्डोले आफु माथि लागेको बलात्कारको आरोपका विषयमा पत्रकार सामु खुलेर कुरा गरे ।

उनले उपस्थित पत्रकारलाई भने– मैदान बाहिर र भित्र दुवै स्थानमा उदाहरणीय भएको मलाई थाहा छ । त्यसैले म सधैँ मुस्काराउँछु । विश्वका उत्कृष्ट क्लबहरुबाट खेल्ने अवसर पाएको छु । मेरो एउटा राम्रो परिवार छ । मेरा चारजना बच्चा छन् र म खुशी छु । बाँकी कुराहरुले मेरो जीवनमा खासै अर्थ राख्दैन ।

बलात्कारको आरोपका बारेमा भने उत्तर दिदा हास्दै उनले भने मैले मनेको तपाईले बुझ्नु भएन जस्तो छ । म अहिले निकै खुसी छु । मेरा वकिलहरु विश्वस्त छन् र म पनि । सबैभन्दा महत्वपूर्ण कुरा, म फुटबलमा रमाउँछु । म आफ्नो जीवनसँग रमाउँछु । बाँकी मसँग ती व्यक्तिहरु छन्, जसले मेरो ख्याल राख्छन् ।

रोनाल्डोलाई युनाइटेडका तत्कालीन प्रशिक्षक सर एलेक्स फर्गुसनले सन् २००३ मा वाल्टोन वन्डरस विरुद्ध ६० औं मिनेटमा पूरक खेलाडीका रुपमा मैदान प्रवेश गराउँदै प्रिमियर लिगमा डेब्यु गराएका थिए । त्यसयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन ।

६ वर्ष युनाइटेडमा रहँदा उनले आठ प्रमुख उपाधि जिते । सन् २००९ मा उनी स्पेनिस क्लब रियाल मड्रिड गएका थिए । मड्रिडबाट रोनाल्डो यसै सिजन युभेन्टस्मा आबद्ध भएका हुन् ।

साथै उनले म्यान यु, रियाल र युभेन्टसलाइ दाज्न मिल्दैन । किनकी सबै क्लव उत्कृष्ट छन । नेप्लिज

तपाईको प्रतिक्रिया