पछिल्लो समय बलिउड बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको बिबाहको कुरा निकै चर्चामा आएको छ । अभिनेता रणवीर सिंह र अभिनेत्रि दीपिका पादुकोण आगामी नोभेम्बर १४ र १५ मा इटालीमा बिहे गर्दै छन् ।बिहेको मिति र स्थान निश्चित भएसँगै सो बिहेमा सहभागी हुने पाहुनाबारे पनि चर्चा शुरु भएको छ । भारतीय मिडियाका अनुसार सो बिहेमा रणवीर र दीपिकाका आफन्त र साथीहरु सहभागी हुने भएका छन् । सो बिहे कार्यक्रममा बलिउडका किंग खान शाहरुख खान र गुण्डेमा सँगै अभिनय गरेका अर्जुन कपुरलाई निम्तो दिइएको समाचारहरुमा जनाइएको छ । त्यसैगरी

निर्माता निर्देशक करण जौहर र रोहीत सेट्ठी पनि सो बिहेको पाहुना बन्ने बताइएको छ । फिल्म राम लिला, गोलीऔंका रास लिलामा सँगै काम गरेपछि एक अर्काप्रति नजिकिएका रणवीर सिंह र दीपिकाले ६ वर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् ।रणवीर सिंहसँग प्रेममा पर्नुअघि दीपिकाको नाम विभिन्न व्यक्तिहरुसँग जोडिएको थियो । रणवीर कपुर, सिद्धार्थ माल्य, यूवराज सिंहसँग उनको नाम जोडिएको थियो ।

तपाईको प्रतिक्रिया