नायक पल शाह पछिल्लो समय नेपाली चलचित्र र नेपाली गितमा अभिनय गरेर निकै चर्चा बटुलेका छन् । अहिले उनी महंगो पारिश्रमिक लिने नायक भएका छन् । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले नायक पल शाहलाई लिएर नयाँ फिल्म घोषणा गरेका छन् । उनले पललाई महंगो पारिश्रमिक दिएर ‘हृदय भरी’ नामक फिल्ममा साइनसमेत गराइसकेका छन् ।

केही समयअघि ‘शत्रु गते’ खेलेका उनले २० लाखभन्दा बढी पारिश्रमिक लिएका छन् । निर्देशक नाल्बोले पललाई बीस लाख पारिश्रमिक दिएको स्वीकार गरेका छन् ।अनमोलले ५० लाख लिएर ‘ए मेरो हजुर २’ र ‘ब्याचुलर बन्टी’ दुई फिल्म साइन गरिसकेका छन् भने प्रदीप पनि लगभग उस्तैमा पर्न जान्छन् । यसरी हेर्दा अनमोल र प्रदीपपछि पल शाह मंहगा नायक बनेका छन् ।

तपाईको प्रतिक्रिया