साझा यातायातले नेपालमा ५ वटा विद्युतीय बस भित्र्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। उनले सन् २०२० भित्रमा २० प्रतिशत विद्युतीय बस चल्ने बताए ।

प्रधानमन्त्री ओली काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई एउटै सिटमा राखेर पुलचोकबाट सिंहदरबार साझा बसमा गका थिए । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा गाडी काठमाडौं आइपुगेको छ । तीनवटा गाडी नेपाल आउने क्रममा रहेको छ । केही समय अगाडि साझाले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो।

लुम्बिनी विकास कोष र एसियाली विकास बैंक (एडिबी) बीच बस खरिदका लागि सम्झौता भए अनुरूप यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ। भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनुपूर्व बसलाई काठमाडौं उपत्यकाभित्र चलाउने गरी साझा यातायातले संयोजनको जिम्मा पाएको हो।

चालकसहित २० सिट क्षमताका यी बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

तपाईको प्रतिक्रिया