काठमाडौं – नेपाल आइडल सिजन २ को टप ९ बाट सुर्खेतका सुविन सिंह आउट भएका छन्। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो नेपाल आइडल सिजन(२ को शुक्रबारको कार्यक्रममा सुर्खेतका सिंह आउट भएका हुन् । ‘तिमीले भनेका सारा देव छोएर, म किरिया खान कहाँ सक्छु र’ बोलको गीत उनले बिहीबारको कार्यक्रममा गाएका थिए।

कार्यक्रममा उपस्थित वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले समेत उनको फरक खालको स्वरको खुलेर प्रशंसा गरेका थिए।शुक्रबार प्रसारण भएको कार्यक्रममा दर्शकको भोटका आधारमा पवन गिरी र अमित बरालसहित सुविन सिंह बटम थ्रीमा परेका थिए। अघिल्लो हप्ता बटम थ्रीमा परेका पोखराका विक्रम बराल यो हप्ता भने सबैभन्दा बढी भोट पाउन सफल भए। उनी बिहीबारको कार्यक्रममा पफर्मर अफ दि डे पनि भएका थिए। अब विक्रमसहित धादिङका कृसल कँडेल, कञ्चनपुरका रवि ओड, पोखराकी नीलिमा थापा मगर, झापाका सुमित पाठक, झापाकै अस्मिता अधिकारी, दोलखाका पवन गिरी र बुटवलका अमित बरालबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।नेपाल आइडलको टप ९ बाट बाहिरिएपछि सुबिन पहिलो अन्तर्वार्तामा रोए , खोले बिजेताको नाम हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया