काठमाडौं – सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राकाको सटही दर मंगलबार बढेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार आज युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकेको छ ।कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ १४ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया