विशेषगरी सहरी क्षेत्रका अधिकांश मानिसले मोटरसाइकल प्रयोग गर्छन् । मोटरसाइकलको प्रयोगले कामलाई छरितो बनाउन सहयोग पु(याउँछ । तर, यसको प्रयोगमा भने विशेष सावधानी अपनाउन जरुरी हुन्छ । नत्र जहाँकहीँ यसले दुःख दिन सक्छ । मोटरसाइकल कन्डिसनमा राख्न र टिकाउन यसको पार्टमा बढी ख्याल राख्न जरुरी हुन्छ । यी हुन् मोटरसाइकलका पाँच महत्वपूर्ण पार्ट –

टायर – टायर मोटरसाइकलको महत्वपूर्ण पार्ट हो । टायर दुई प्रकारका हुन्छन्, ट्युबवाला र ट्युबलेस । मोटरसाइकल चलाउँदा ट्युबलेस टायर राम्रो हुन्छ । तर, टिकाउका लागि भने ट्युबवाला टायर नै राम्रो मानिन्छ । टायरको पनि आफ्नै आयु हुन्छ । २५ हजार किलोमिटर गुडेपछि अनिवार्य रूपमा टायर परिवर्तन गर्नुपर्छ ।

ब्रेक सु – ब्रेक सु पनि मोटरसाइकलको महत्वपूर्ण पार्ट हो । ब्रेक सुमा समस्या निम्तिएमा ब्रेक नै लाग्दैन । त्यसैले यसको रेखदेख गर्न आवश्यक हुन्छ । कतिपयले जथाभावी ब्रेक लगाउने गर्छन् ।यसो गर्दा ब्रेक सु घोटिने गर्छ र लामो समय टिक्दैन । ब्रेक समाएर ड्राइभ गर्ने बानी पनि कहिल्यै गर्नुहुँदैन । र, पाँच हजार किलोमिटर गुडेपछि ब्रेक सु अनिवार्य रूपमा परिवर्तन गर्नुपर्छ ।नयाँ पत्रिकामा खबर छ ।

बेयरिङ – मोटरसाइकलमा प्रयोग हुने बेयरिङले टायरलाई सजिलैसँग घुम्न सहयोग गर्छ । बेयरिङको पनि विशेष ख्याल राख्न जरुरी हुन्छ । कहिलेकाहीँ बेयरिङ जाम हुन पनि सक्छ ।

तपाईको प्रतिक्रिया