काठमाडौं – नेपाली बजारमा अल न्यु बजाज पल्सर एनएस १६० ट्विन डिस्क (टीडी) बाइक भित्रिएको छ । नेपालमा बजाज बाइकको आधिकारिक बिक्रेता एचएच बजाजले सो बाइक भित्र्याएको हो ।

सो बाइक २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टीडीलाई चार कलर भेरिएन्टमा ल्याइएको छ । बाइकमा १७ इञ्च एलोई ह्विलमा मेट ब्ल्याक दिइएको छ ।

नयाँ बजाज पल्सर १६० टीडीमा ड्युअल डिस्क ब्रेक दिइएको छ । साथमा युवालाई आकर्षित गर्न बाइकमा मोटो ह्विल, मोटो टायर, च्यासिस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।

एचएच बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लिट सिट, स्प्लिट ग्रयाब रेल र लामो ह्विल बेस राखिएको छ ।

पल्सर एनएस ट्वीन डिस्कमा १६०.३ सीसी सिंगल सिलिन्डर डीटीएसआई इन्जिन छ । बाइकमा दुईवटा भल्व जडान गरिएको छ । यसमा लगाइएको ट्विन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।

यसमा १२ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ भने ५ गियरमा उपलब्ध रहेको छ र ग्राउन्ड क्लियरेन्स १६७ एमएम रहेको छ ।

पल्सर एनएस १६० टीडीले अप्टिमाइजेसनका साथ न्वाइज, भाइब्रेसन र हार्सनेस लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टीडीको मूल्य २ लाख ८६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया