भेजपुर । अरुणकला साहित्य समाज भाेजपुरकाे अायाजनामा नाटक “जन्म भूमि ” तथा लाेक दाेहाेरी गायन प्रतियोगिता सम्पन्न भएकाे छ,उक्त कार्यक्रम अनिस ढकालकाे सभापतित्व तथा अरुण गाँउपालिकाकि उपध्यक्ष बिनिता ढकालकाे प्रमुख अातिथ्यमा विश्वप्रेमी माध्यामिक बिद्यालय याकुमा कार्तिक १८ गतेमा सम्पन्न भएकाे हाे ,कार्यक्रम दिलकुमारी ढकालकाे सुन्दर तथा कलात्मक उदघाेषणमा सम्पन्न भएको थियौं ।

लाेक गीत गायन प्रतियोगितामा सुस्मिता परियार प्रथम कमला ढकाल दाेश्राे, धर्म ढकाल र काेपिला ढकाल तेस्रो तथा सम्झना अधिकारी र सृजना अधिकारी सान्त्वना पुरस्कार बाट पुरस्कृत भएका थिए।बिजयी प्रतियोगिहरुलाई क्रमश अाठ सय ,छ सय र चार सय र दुई सय प्रदान गरिएको थियौं ।उक्त प्रतियोगिता सालिकराम ढकाल ,बबिन्द्र रसाइली र भाेजराज भण्डारीकाे निर्णायक मणडलीमा सम्पन्न भएको थियौं । स्थानीय याकु लगायत भाेजपुरकाे सेरोफेरोमा रहेका समस्या माथी उठान गरिएको नाटक ” जन्मभूमि ” दिपक ढकालकाे लेखनमा उमेश धिमाल र पुजन अाचार्यकाे निर्देशन गरेका थिए । उक्त नाटकमा दिपक ढकाल, पवित्रा श्रेष्ठ, पुजन आचार्य, कमला थापा, उमेश धिमाल, सन्तोष थापा, भुमिका ढकाल, तिलक थापा, भावना ढकाल, रचिता ढकाल, अस्मिता राई, सुमन आचार्य, लोकेन्द्र ढकाल, तेजेन्द्र थापा र अनिश ढकाल लगायतका कलाकारहरुको अभिनय रहेकाे थियाे । कार्यक्रममा नाट्यकर्मी/चलचित्रकर्मी तथा अार.टि.अाई. एड इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष जीवन थापा,पाँच नम्बर वडाध्यक्ष ध्यान बहादुर राई , नाटय तथा चलचित्रकर्मी ज्ञानेन्द्र काेईराला बिशिस्ट अतिथि प्राध्यापक सालिकराम ढकाल,चित्सक भाेजराज भण्डारी ,सामाजिक अभियान्ता बबिन्द्र रसाइली राजनीतिक कर्मी ज्ञानेन्द्र दहाल लगायत अतिथि हरुकाे उपस्थिति रहेको थियाे।

तपाईको प्रतिक्रिया