नेपाल विद्युत प्राधिकरणले तिहारमा बत्ति नकाट्ने घोषणा गरेको थियो। नेपालमा सबैभन्दा बढी विजुली माग हुने दिन लक्ष्मीपूजा हो आज।

प्राधिकरणका लागि आजको दिन वर्षकै सबैभन्दा ठूलो चुनौतिको दिन हो। देशभर आज साँझ बत्ती नकाट्ने योजना सफल बनाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ केन्द्रको मास्टर स्टेसनमा बसेर इन्जिनियरको जस्तै भूमिका निर्वाह गरिरहेका छन्।

प्राधिकरणका प्रमुख घिसिङसहितको टोली यतिबेला काठमाडौंको स्युचाटारस्थिति भारप्रेषण केन्द्रमा व्यस्त छ। घिसिङले २०७३ सालको लक्ष्मीपूजाकै दिन यही मास्टर स्टेसनमा बसेर काठमाडौंलाई लोडसेडिङमुक्त गर्ने निर्णय गरेका थिए ।

स्टेसनका इन्जिनियरहरु नै उनको लोडसेडिङ हटाउने संकल्पको साक्षी थिए। आज उनी यिनै इन्जिनियरसँग मिसिएर काम गरिरहेका छन् । सिस्टम सञ्चालन, माग र आपूर्तिको अवस्थालाई उनी आफैं कन्ट्रोल गरिरहेका छन् ।

भारप्रेषण केन्द्र विद्युत प्राधिकरणको मुख्य कन्ट्रोल युनिट हो। भक्तपुरको सब स्टेसनमा समस्या आएपछि बेलुका ७ बजे मास्टर स्टेसन पुगेका थिए। धेरै बिजुली माग हुने चाडपर्वका महत्वपूर्ण दिनमा घिसिङ मास्टर स्टेसनमा बसेर कन्ट्रोलका लागि आइडिया सेयर गर्छन्।

भारप्रेषण केन्द्र विद्युत प्राधिकरणको मुख्य कन्ट्रोल युनिट हो। केन्द्रले माग र आपूर्तिको सन्तुलनका लागि व्यवस्थापकीय काम गर्छ।

तपाईको प्रतिक्रिया