मुस्ताङ । मुस्ताङ जाने बेनी-जोमसोम सडकमा देखिएको यो कहालिलाग्दो दृश्य बिचलित बनाउने खालको छ । मन दरो बनाएर हेर्नु होला ।

मुस्ताङ् पुग्ने रहर धेरैको हुन्छ । यो बर्ष पनि दशैँ तिहारको बिदा मनाउन मुस्ताङमा आन्तरिक पर्यटकको घुँइचो लाग्यो । तर बेनी-जोमसोम सडकको डरलाग्दो यात्राको यो जिउ नै कँपाउने दृश्य जो कोहीले सजिलै बिर्सन सक्दैन । खतरनाक सडकले धेरैलाई त किन आएँछु जस्तो बनाउँछ । तर मुस्ताङ यात्राका रोमांचक र मन हर्ने दृश्यले सबै दुःख र डर भगाउँछ ।

पलपलमा पहिरोको जोखिम रहन्छ । डरलाग्दा भीर काटेर बनेका साँघुरा सडक, तल सुसाउने खोला र खोँच, बेनी देखि जोमसोम सम्मको दृश्य यस्तै छ । काली गण्डकी किनारै किनार रहेको कच्ची सडकको अधिकांश भाग अक्करे भीर चिरेर बनेको छ ।

साहसिक पदयात्राका लागि कहलिएको मुस्ताङ क्षेत्र पछिल्ला वर्ष साइकल एवं मोटरसाइकलको साहसिक यात्राका लागि झनै आकर्षक गन्तव्य बनेको छ । उपल्लो मुस्ताङको कोरला नाकासम्म सडक सञ्जाल जोडिए पछि यहाँ आउने पर्यटकको सङ्ख्या निकै बढेको छ ।

यो भिडियोमा मुस्ताङ पुग्ने सडकका जोखिम र रोमाञ्चक सडक दृश्य प्रस्तुत छ ।

तपाईको प्रतिक्रिया