काठमाडौं । मेनुका पौडेल जस्को नामै काफि छ, सुमधुर आवाजकी धनी गायिका । आफुसंग भएका प्रतिभा प्रस्फुटन गराउने क्रममा भारतको चर्चित रियालिटि सो सारेगामापाको इतिहासमै पहिलो पटक नेपालीले सहभागीता जनाएका छन । नेपालकि चेलि मेनुका पौडेलले सारेगामापामा तहल्का मच्चाइरहेकि छिन ।

नेपाली रियालिटी शो नेपाल आइडलबाट सांगीतिक बजारमा आएकी गायिका मेनुका पौडेलले भारतीय रियालिटी सोमा पनि उस्तै सुमधुर आवाज दिएर जजलाई स्तब्ध पारेकी छन्।

नेपाल आइडल कम भोट पाएर टप टेनबाटै बाहिरीए पनि उनले आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइरहिन्। सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागिपरेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा आफ्नो सुमधुर आवाजले सबैलाई लोभ्याएकी छिन् ।

नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन्।

TOP 15 Grand Premiere मा मेनूका पौडेलले श्रेया घोषालको आवाजमा रहेको ‘थोडे बदमास हो तुम थोडे नादान हो तुम, हा मगर ए सच हे हमारी जान हो तुम’ गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरलेहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।

जजको रुपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे। पाहुना जज बप्पी लहिरीले उनको खुलेरै तारिफ गरे । पुरा भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया