मिहिनेत गरे असंभव भन्ने कुरा केहि छैन जिन्दगीमा चाहे त्यो पढाईमा होस चाहे जिन्दगीका अनेकौ मोडहरुमा । पैसा ठुलो कि बिद्या ठुलो यो शीर्षकमा सधै बादबिबाद भैरह्यो तर ठुलो त्यो हो जस्ले जुन बिषयमा राम्रो, उत्कृष्ट तर्क दिन सक्यो । पैसा र बिद्यामा दुवै समान हुन् आआफ्नो ठाउँमा दुवै नभईनहुने चिज हुन पनि भन्ने गरिन्छ । तर बाँकेको खजुराकी १७ बर्षीया प्रतिमा शर्माले आफ्नो मिहिनेत र बिद्याले अहिले उच्च सफलता संगै पैसापनि कमाएकी छिन् ।

बाँकेको खजुरा ४ डि गाउँ की प्रतिमा शर्माले नेपाल सरकार को विपन्न आरक्षण कोटामा एमविविए पढ्न नाम निकाल्न सफल भएकी छिन् ।

१७ बर्षीया प्रतिमाको घरको आर्थीक अवस्था कमजोरी भएर पनि पढाईमा मेहनती भएकै कारण देशभरीका पन्ध्रहजार भन्दा बढी प्रतिष्पर्धीलार्इ उछिनेर एक नम्बरमा नाम निकाल्न सफल भएकी हुन् ।

सानैदेखि पढाईमा राम्रो मेहनती भएकी प्रतिमाले खजुरा गाउँ पालिका वडा नं ३ स्थित ज्ञानोदय नमुना माध्यमिक बिधालय बाट एसएलसीमा सामुदायिक बिधालय जिल्ला प्रथम हुन सफल ईन् । साथै उनले ११, १२ टाइम्स कलेज काठमाडौंमा पढिन् । घरमा बिरामी बुवा,आमाले मजदुरी गरेर जिविकोपार्जन हुन्छ । प्रभिमाको अबको लक्ष एमविविएस गरेर आफ्नै गाउँ, ठाउँमा जनताको सेवामा लाग्ने रहेको बताउछिन् ।

धनसम्पति भन्दापनि मेहनत र क्षमता भए सफल भैनेरहेछ भन्ने परिवारको भनाई छ । आफुहरुलाई सबैले गरेको माया र सहयोगप्रति कृतज्ञता समेत प्रकट गरेका छन् ।

प्रतिमाको लागि सहयोग जुटाउनेमा वडाअध्यक्ष तिलकबिर सुनारले ५० हजार, लिल बहादुर थापा ,सिजालीले ३३ हजार ३ सय ३, साइनो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बाँकेले, १० हजार, नेत्र रानाभाटले ५ हजार १ सय, ओपिसि र्इट्टा उद्योगका प्रोप्राईटर यान बहादुर गोदारले ५ हजार ५ सय ५५,दिपक अधिकारीले ५ हजार १ सय, सुधिर सुक्लाले ५ हजार १ सय सहयोग गरेका छन् ।

यस्तै आशिष चौधरीले ५ हजार १ सय , गोबिन्द शर्माले पत्रकार केन्द्रिय सदस्य ५ हजार, राजेन्द्र श्रेष्ठले ५ हजार पाँच सय, ईन्द्र बि सिले ५ हजार १ सय , श्याक नेपाल बाँकेका शेस कान्त भाइले ५ हजार, योगमाया खनाल खजुरा गाउँकार्यपालिका सदस्य ५ हजार १ सय, छबिलाल सुनारले ५ हजार १ सय , रोडबत्ति संचालन समिति खजुरा गाउपालिका ४ इकाई गाउँ ५ हजार १सय, बल बहादुर कठायत, खजुरा ,गाउपािलका ४ वडा सदस्य ,४ हजार १ सय, बिसेशोर तिवारी २ हजार १ सय, बिक्रम गिरि २ हजार, दुर्गा भण्डारी, २ हजार, टोपेन्द्र खत्री, १ हजार १ सय , बासु देब तिवारी १ हजार १ सय, मनोहर के सीले १ हजार १ सय सुरेश खड्का १ हजार १ सय, कृष्ण कुमार धिताल १ हजार १ सय रत्न प्रसाद शर्मा १ हजार १ सय भुवन गैरे १ हजार १ सय, इन्जिनियर बिबेक लामिछाने १ हजार १ सय, अर्जुन सिंह थापा १ हजार ५५ सहयोग गरेका छन् ।

यसैगरी त्रिबिक्रम तिवारी १ हजार ५, देब राम बि सि १ हजार, बालबिर थापा १ हजार, खडक वलि १ हजार, कुल बहादुर राना १ हजार, प्रीतम गुरुङ १ हजार, धिरेन्द्र भण्डारी ७ सय ५०, अनिता रोकाय, ७ सय ५०, जंग बहादुर नगाल ५ सय ५५, ऋषि केश जि सि ५ सय ५, सतिस निरौला ५ सय ५ कमल भण्डारी ५ सय ५, गिरि राज सापकोटा ५ सय ५, देबबहादुर कुवर ५ सय ५, गोबिन्द गिरि ५ सय ५, शिब कुमार सुनार ५ सय, बम बहादुर शाही ५ सय, बल बहादुर बिसि ५ सय ५, रोशन बिसि ५ सय, घननाथ योगि ५ सय, जगदीश खत्री ५ सय, झुप बहादुर भण्डारी ५ सय, यसोदा के सि ५ सय, चिनिमाया सुनार ५ सय, र तुल बहादुर थापा १ सय ८० गरेर जम्मा १ लाख ९१ हजार अठार रुपैया संकलन भएको छ ।

यदि तपाईहरुपनि मेहनती प्रतिमाको सपना र लक्ष पुरा भएको हेर्न चाहनुहुन्छ भने आआफ्नो ठाउबाट जति सक्नुहुन्छ त्यति सहयोग गर्न सक्नुहुनेछ । प्रतिमालाई सहयोग गर्न चाहनेले ९८१४५८१२२६ र ९८४८०२२००३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया