महेन्द्र केरुङ – मलेसिया जोहोर बातु पहातमा जि. एस. समाज सेवा युवा क्लबको आयोजनामा २०७५ सालको दशै तथा दिपावली को शुभकामना आदान प्रदान कार्यक्रम कार्यबाहक अध्यक्ष जटिल बि सिको अध्यक्षतामा ११ नोभेम्बर २०१८ का दिन जोहोर बातु पहात जिमिल एच २ मा सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद दिदै २०७५ सालको बिजय दशमी तथा दिपावली को शुभकामना आदानप्रदान भएको थियो भने बिभिन्न खेल तथा नृत्यले कार्यक्रम रोमान्चक बनाएको थियो। उक्त समयमा क्लब का प्रमुख सल्लाहकार मदन सुब्बा र प्रवासी मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङले मन्तव्य राखेका थिए। कार्यक्रममा अध्यक्ष जटिल बि सिले क्लबको समिक्ष गर्दै शुभकामना आदानप्रदान गरि अझै आत्मियता बढाउने भन्दै यस्ता कार्यक्रमहरुको महत्व दर्साउनु भयो । साथै बिभिन्न बक्ताहरुले शुभकामना बाड्दै बिभिध विषयमा प्रस्टाउनु भएको थियो।

कार्यक्रममा विविध बिधाका खेलाडी हरुलाइ सम्मान पनि भएको थियो भने कार्यक्रमको संचालन क्लब का सचिव प्रमोद मोक्तान ले गर्नुभएको थियो। अन्त्यमा खेलकुदमा बिजेता साथिहरुलाइ पुरस्कार बितरण गर्दै सौहार्दपुर्ण बाताबरणमा सभाध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया