कप्तान लियोनल मेसीले उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन्।स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्ने अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेसीले हात पारेका हुन् ।अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेसीले स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्ने दुई अवार्ड स्पेनमा आयोजित एक कार्यक्रमकाबीच उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।

मेसीले ला लिगामा सर्वाधिक गोल गरी पिचिची अवार्ड पनि हात पारे भने ला लिगामा सन् २०१७र१८ को सिजन उत्कृष्ट खेलाडी बनेवापत अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन्। मेसीले पछिल्लो १० वर्षमा पाँचौ पटक पिचिची अवार्ड हात पारे।मेसीले गत सिजन ३४ गोल गर्नुका साथै १२ गोलका लागि पास उपलब्ध गराएका थिए।

तपाईको प्रतिक्रिया