काठमाण्डौ – नेपाली कथानक चलचित्र लुट २ बाट चर्चामा आएकी मोडल तथा नायिका हुन एलिशा राई । उक्त फ्लिम भन्दा अघि केही सर्ट मुभी र म्युजिक भिडियो गरेपनी उनको लोकप्रियता भने लुट २ बाट बढ्यो ।

लुट २ मा समाबेश लैजाउ घुमाउन मलाई ठमेल बजार बोलको गीतमा उनले प्रस्तुत गरेको नृत्य धेरैले मनपराए । त्यसपछी उनी एकाएक म्युजिक भिडियोमा ब्यस्त हुन थालिन । तर,उनलाई त्यो फ्लिम पछि अरु फ्लिममा भने देख्न पाईएको छैन । के उनलाई अरु फ्लिमको अफर नै आएको छैन ? या उनले अरु फ्लिम नगर्ने सोच बनाएकी छिन ?

हुनत उनी हाल अध्ययनमा पनि ब्यस्त छिन त्यसैले पहिले अध्ययन पूरा गरौ अनि फ्लिम गरौ भन्ने सोच पनि आएको हुन सक्छ । सत्य के हो त्यो त उनी आफैलाई थाहा छ । जे होस उनलाई मनपराउने धेरै छन उनलाई फ्लिममा देख्न चाहने पनि धेरै छ्न ।

एक रमाईलो अन्तरबार्तामा पनि ट्याक्सी ड्राईभरले उनको गीतले भने झै उनलाई ट्याक्सिमा राखेर ठमेल घुमाउन आफुले चाहेको बताएका छन । बाकी भिडियोमा हेर्नुहोस :

तपाईको प्रतिक्रिया