दोहा र कुवेतमा एक नेपालीको सुतेकै ठाँउमा निधन भएको छ । झापा जिल्ला माइधारा घर भएका बिष्णु घिमिरेको शुक्रबार कुवेतको जिलिप भन्ने स्थानमा ओछ्यानमै मृत अवस्थामा भेटिएका हुन ।

कुवेतको एसडि एफसि कम्पनीमा बिगत १४ बर्ष देखि सवारी चालकको रुपमा काम गर्दै आएका थिए । मृतक घिमिरे हिजो साझ खाना खाएर साथीको कोठामा सुतेका थिए ।

उनी झापाली समाज कुवेतका कार्यकारी सदस्य समेत हुन् । मृतकका आमा, श्रीमति, एक छोरा र एक बहिनि रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया