गुरुदत्त न्याैपाने,गल्याङ्ग – नगरपालिका वडा नम्बर ५ स्यालबास रानिपाेखरीमा निर्माणाधिन रानिपाेखरी सामुदायिक भवनकाे अाैपचारिक रुपमा उदघाटन गरियकाे छ। गल्याङ्ग नगरपालिकाकाे मातहतमा नगरपालिका मेयर भुपराज अधिकारीकाे पहलमा १२ लाख काे बजेट निश्काशन भयपछि नगरपालिका कै एकमात्र कृषि तथा सुन्तलाकाे पकेट क्षेत्र मानिने स्यालबासकाे रानिपाेखरीमा उक्त भवन करिब १० महिना अघि शिलान्यास गरियकाे थियाे।

गल्याङ्ग नगरपालिका ५ स्यालबासमा शनिबार एक अाैपचारिक कार्यक्रमका बिच नगरपालिकाका मेयर भुपराज अधिकारी लगायत बिभिन्न बरिस्ठ तथा समाजसेबिहरुका बिच भब्य बाजागाजा तथा नाचगानका बिच उक्त भवन उदघाटन भयकाे हाे।

उक्त भवन बिभिन्न प्रयाेजनकाे लागी प्रयाेग गरिने छ।जसमा एकवटा काेठा साेही गाउँमा स्थापित श्री अालमदेबि क्लब काे लागी,साना किसान सहकारी काे लागी अर्काे काेठा,साथै बिभिन्न बैठक,सेमिनार हुदा प्रयाेग गर्नकाे लागी सेमिनार हल,साथसाथै पर्यटकिय गाउँ भयकाेले बिभिन्न गेस्टहरु आउँदा बस्ने गेस्ट रुम,फलफुल तथा तरकारी संकलन तथा बितरण केन्द्र तथा दुग्ध संकलन केन्द्र डेरि काे लागी पनि प्रयाेग गरिने जानाकारी दिनुभयकाे छ।

तपाईको प्रतिक्रिया