काठमाण्डौ – यतिबेला युटुबमा छाईरहेका व्यक्ति हुन्, बिश्व आनन्द पोखरेल । कलाकारितामा केहि हदसम्म सक्रिय भै केहि सिरियल र साना भिडियोहरु खेलेका बिश्व आनन्द पोखरेलको कोठामा जब मिडिया पुग्यो अनौठो दृश्य देखियो । न कुनै ओढ्ने छ, न कुनै ओछ्याउने । केवल कोठाभरी पत्रपत्रिकाको डंगुर छन्, किताबहरुको चांग छन् । पकाउने खाने केहि सामान छैन छेऊमा सख्खर र चिउरा छ अनि पानीको जार छ । एउटा मोबाईल छ, अनि बिश्वका थाग्ना कपडाहरु छन् ।

युटुबमा भाईरल भएर सबैलाई मनोरन्जन दिदै हसाउंदै आएका बिश्वको कोठाको हालत यस्तो होला भनेर कसैले सोचेको थिएन । उक्त भिडियो हेरेपछि धेरै दर्शकहरु भावुक बने । कतिले बिश्वलाई गलाी गरे, फोहोरी भनेर । आफ्नो कोठा सफा गर्न नसक्ने भनेर तर वास्तविकता अर्कै थियो, बिश्व रोगबाट निको हुंदैछन् । डिप्रेशनमा फसेर अनेक रोगको शिकार हुन पुगेका बिश्व कोठामै ध्यान गरेर बसे । मनको मैले सफा गर्छु भनेर कोठा सफा गर्छु भन्न भ्याएनन् । आत्महत्याको प्रयाश गरे ।

उक्त भिडियो आएपछि नयां नयां न्युज नेपालका शिशिर भण्डारी जाडोमा ओढ्ने कपडा लिएर बिश्वलाई भेट्न पुगे । जनक गन्धर्वको घर निर्माण र स्कुल अध्ययनको दौडधुपमा रहेका शिशिरले बिश्वलाई उनको सबै कहानी सोधे । सहयोग पन गरे, अनि सहयोगका लागि अनुरोध पनि गरे । भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया