१९दिने जनआन्दोजनले पुस्तौपुस्ता चलि आएको शाही शासन मात्रै ठेगान लाएन १०वर्ष लामो सशस्त्र युद्धलाई पनि बडार्यो। जस बटा देश बसिले शान्तिको शास फेरेका थिए । फलस्वरूप अन्तरिम संविधान२०६२/६३ बन्यो जसको टाउकामा टेकेर काग्रेशका तत्कालिन सभापती जिरजा कोइरालाको नेतृत्वमा अन्तरिम सरकार । जुन सरकारले २०६४चैत२८मा आमनिर्वाचन सम्पन्न गर्यो लगभग शान्ति पूर्णरुपले भन्दा हुन्छ । जो १०वर्ष जन्युद्दको सफलता पनि।

त्यसपछी जनताको छोरो जनता बाटै निर्वाचित भएर प्रधानमन्त्री को रुपमा प्रचण्ड लाइ पाउनु देशको अहोभग्या थियो । बिडम्बना जुन सरकार बहुमतको थियो सहमतिको नभएर । १०वर्ष सफल आन्दोलन गरेका प्रचण्डलाई ९महिना असफल सरकारको प्रमुख भएर हातधुनु पर्यो । विषय राजनीतिक थियो त्यो दैव जानुन शुज्रल्यान्ड बन्ने देशको सपना त्येहीनिर डुबेको हो। त्यसपछि जनताले सम्बिधान सभाको काढेतार बाहिरै अर्को निर्वाचन सम्म बस्न जनमत दिएर कुना लगाएका माधव नेपालको कोल्टामा सरकारको चाबी पर्यो। जो प्रचण्डको पहलमा सासद भवन छिरेका हुन । यसले के बुझ्न कठिन छैन भने देशमा जनता भन्दा नेता ठुला हुन। त्यो पनि बहुमतकै सरकार थियो त्यसैले दिगो हुने चान्स कम थियो भएन पनि दिगो भयो उन्को काम चलाउ सरकार जस्ले ६महिना नाङ्गोनाच देखायो। जो नाचमा बाबुरामले बिच्च बाट खुट्टा झिके भने रामचन्द्र एक्लै अन्तिम सम्म खेली रहे र पनि जित्न सकेन्न अन्ततः झलनाथ को खुट्टामा बल पुग्यो र गोल भयो।

झलनाथ पछिआएका बाबुराम शैक्षिक तवर्ले राजनीतिका सबै खेलाडी भन्दा माथिका हुन । उनी बाट अरुभन्दा माथिको आशा राख्नु गोठाले जनताको दोष थिएन माया थियो । तर उन्ले १३हजारको बलि दिएर ल्यएको सम्बिधान सभाको हत्या गरे राजनीति दलहरुप्रति अबिश्वासको कारण थियो वा छिमेकीको दवाब त्यो राम जानुन्न। न्यायलयलाइ सरकारको चाबी बुझाए र आफू चुनाबि मैदानमा पुगे । त्यहिबेला हो राजनीति गर्नेहरुको धोती फुकेको तर भनिन्छ,पगलको नलाज हुन्छ नइजेत जो गाउन पर्छ ठेक्कै त्यस्तै भयो । खिलराज रेग्मी सरकार प्रमुख भए जो प्रमुख न्यायाधीश थिए न्यायलयक । उन्लाइ आफुलाइ सफल सबित गर्दै २०७०मंसिर ४ मा चुनाव गरे। फेरि सरकारको चाबी आयो राजनीतिक दलको हातमा चुनाव बाट पहिलो पाटी बनेका काग्रेशका त्तकालिन सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । जसले समयले साथ दियो वा राजनीतिले त्यो अर्को बहस को विषय होला तर देश २०७२असोज ३मा मुल उद्देश पूरा गर्यो ।२०७२ बैशाख १२ देश दैबिक बिपत्ति पछि एकठाउमा आएर सम्बिधान बनाएका नेताहरु त्यसको कर्यान्यनको समयमा एकठाउमा रहन सकेन्न।

अनेकौं आदिहुरुका बिचबाट संविधान त आयो । सत्ताधारी दल र प्रतिपक्ष एकठाउमा उभिए पछी । संविधान संगै उपहारमा आयो नाकाबन्दी । भुकम्प बाट थिलो थिलो भएको बेला निकै लामो समय सम्म नाकाबन्दीको मारमा खेप्नु पर्ने लक्षण देखि रहेको बेला सुशील कोइरालाको सरकारले पल्टिमर्यो अनि जन्मियो के पि सरकार केही आशाका किरण केपी सरकार संग नआएका हैन्न तर गर्व धारण गरेको ९महिना पछि सन्तान जन्माउनै पर्ने गर्वावती आमाको अबश्था यदि समयमा सन्तान दिन सकिएन वा डेलिभरीमा केहि समस्य आउदा अप्ररेसन गर्नुपर्छ ठिक्क त्यही भयो केपी सरकारलाई। केपीको बिर्यका शुक्रकिट बाट पुनः जन्म भयो प्रचण्ड सरकार प्रमुखको कुर्सीमा । दोस्रो पटक पनि केही उल्लेखनि काम भने भएन तर उन्ले पहिलो पटकको जस्तो भुल गरेन्न केही हद सम्म आफुलाइ सच्याउन खोजे तरपुर्ण सच्चिन सकेन्न त्यसका साची हामी बबुरा जनता छौँ ।

त्यसपछि शेर बहादुर देउवाले सरकारको कुर्सी समाले चौथोपटक प्रधानमन्त्री पदको रसिलो स्वाद चाखेका उनले संविधानले दिएको आदेश पाल्नामा भने कहि हदसम्म सफल देखिए उनको र उनको पाटीको दुर्भाग्य भन्नू पर्छ स्थानीय तह देखी प्रतिनिधि सभाको चुनाव सम्म आउदा जनताको ७०%बिश्वस गुमायो। यसो हुनुमा केपी र प्रचण्डका बिचमा भएको प्रेम सम्बन्ध पनि हुनसक्छ वा अन्ने कारण त्यसलाई काग्रेस ले नै खोजोस्

आशा उत्साह र उत्सव हाम्रा बिचबाट कहिल्यै मरेन ।राना शासन हुदै पन्चायत ,बहुदल ,राजतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रले देश धमिराले खादा पनि धर्याताको बाध भत्केको छैन । २०६४सालमा कृष्ण भटाराइको सरकार २तिहाइको थियो अहिलेका प्रधानमन्त्री जस्तै देश प्रेमी थिए र स्वाभिमान पनि तर दिल्लीको आशिर्वाद शिरम नपाएकै कारणले खुट्टातान्नु परेको थियो । भटाराइ सरकार असफल हुनुमा काग्रेश कै नेताहरु पनि हात रहेको थियो। बिग्त १२/१३वर्ष यता हेर्ने हो भने देशले १०जना प्रधानमन्त्री र ५००भन्दा धेरै मन्त्री देश बिकाशको साटो राजनिती बिकास भयो। आजका दिनसम्म पनि बाम सरकार ले सबै भन्दा धेरै सरकारको नेतृत्व गर्यो र अहिले दुइ तिहाइ को नेतृत्व गरि रहेको छ । हुने बिरुवाको चिल्लोपात ८महिना सम्म माखो मरेन अब हेरौ आगामी दिनहरु ।भोजराज घोडासैनी , सुर्खेत हाल: द कोरिया

तपाईको प्रतिक्रिया