काठमाडौँ, मङ्सिर २३ । चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।ट्रेलरमा इन्टिमेट सिनलाई देखाइएको छ । ट्रेलरमा डवल अर्थी संवादलाई प्राथमिकता दिएको देख्न सकिन्छ । चलचित्रमा उमेश गुरुङ, किस्मत तामाङ, चन्दा दहाल, रोशन श्रेष्ठ, सोनी गुरुङ, इश्वर फुयाँल,सुनिल कटुवाल,रामचन्द्र अधिकारी, मेलिना ठकुरी, एन.वी. अन्जान तथा ज्ञानेन्द्र काेइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस चलचित्रलाई नवराज जंग थापाले निर्माण गरेका हुन् । पुष २० गतेबााट प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलरले नै चलचित्र एडल्ट बताउँछ । लक्ष्मण शेष, सुरेश अधिकारी, नवराज जंग थापा र डि.आर. अटुको संगीत रहेको चलचित्रकाे गीतमा राजेश पायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रुपक श्रेष्ठ र विनोद राईले स्वर दिएका छन् । निर्देशक द्वय उमेश गुरुङ र राेशन श्रेष्ठले चलचित्र निर्देशन गरेका हुन हेर्नुहाेस ट्रेलर ः

तपाईको प्रतिक्रिया