एजेन्सी । विश्वकै होचि मोडल ड्रु प्रेस्टा पछिल्लो समयकी ब्यस्त मोडल हुन् । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण शरीर नबढपछि उनी २१ वर्षको किशोर अवस्थामा पनि जम्मा ३ फुट ४ इन्च उचाईका साथ संघर्ष गरिरहेकी छिन् । उचाई नभए पनि सबै पिडा र दुख बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ गरे लगत्तै उनलाई पछाडी फर्केर हेर्नु परेको छैन । कदले सानी भए पनि बहुआयामिक प्रतिभाका कारण उनी विश्वभर चर्चामा छिन् । प्रेस्टाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोसुटले उनलाई मोडल बन्न सहयोग मात्र भएन उनको छोटो समयमा नै परिचय बन्यो । मोडलिङमा सफल हुनलाई मानिसको कद र फरक प्रकृतिले नरोक्ने प्रमाणित गर्न उनले आफ्ना तस्विरहरुले समेत साथ दिएको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया