काठमाडौं । भावना गुरुङ देख्दा जति सुन्दर छिन् उनको कामको चर्चा पनि ब्यापक रुपमा चल्न थालेको छ चलचित्र नगरीमा अचेल । मोडलीगं हुँदै ठूलो पर्दामा जम्ने तरखरमा रहेकी सुन्दरी भावनाद्धारा अभिनित चलचित्र स्वर्ग मेरो गाउँको प्रदर्शन मिति नजिकिएसँगै उनको चर्चा सुरु भएको हो । उक्त चलचित्र आगामि माघ १२ गतेबाट देशभर प्रदर्शनमा हुने तयारीमा रहेको निर्माण यूनिटले जनाएको छ । निर्माण यूनिटका अनुसार उक्त चलचित्र आफ्नो गाउँलाई स्वर्ग बनाउँन लागि परेका युवाहरुको कथामा आधारित सिनेमा हो । चलचित्रमा भावनाका अलावा रामकृष्ण बजगाईं, शशी लम्साल, सुजाता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्माता तथा निर्देशक भने रामकृष्ण बजगाई रहेका छन् । भावनाले यस चलचित्रबाट आफ्नो फिल्मक्षेत्रको करियर सुरुवात गरेका छन् । अभिनेत्री भावनाले यस चलभित्रबाट आफूले नेपाली चलचित्र उद्योगमा यौग्दान दिने विश्वास लिएकी छिन् । झन्डै एक दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी अभिनेत्री भावना दर्शक सामु परिचित अनुहार हुन् । भावनाले आफ्नो करियरमा यहिँ फिल्मबाट ठूलो फड्को मार्ने आशा र विश्वासकाबिच उनको करियले कस्तो मोड लिन्छ माघ १२ पछि नै थाहा लाग्नेछ ।

तपाईको प्रतिक्रिया