पाैष १३ दमक , झापा । दमकमा एक कार्यक्र गरी याक्थुङ कुरूम्बाङ संजुम्बाे हंगकङ समाज द्वारा बाल गायिका माङ्गेना लिम्बुलाइ उनकाे सांगीतिक प्रगतिकाे कामना गर्दै आर्थिक सहयाेग हस्तान्तण गरिएकाे छ ।

समाजका उपाध्यक्ष्य देवराज कुरूम्बाङकाे हात बाट साे रकम मााङेनालाइ नेपाली रकम ९५१५४। हजारहसतान्तण गरिएकाे हाे । कार्यक्रममा माङ्गेनाकी आमा आशा सिंघक कुरूम्बाङ ,सांगीतिकगुरू लेखनाथ चेम्जाेङ लगायत अतिथीहरू गायक तथा संगीतकार दिपकमल चेम्जाेङ , संगितकार राम आङदेम्बे,निर्देशक नरेन्द्र लावती, आर.टि.आइ स्थाइ समिती केन्द्रीय सदस्य ज्ञानेन्द्र काेइराला समेतकाे उपस्थितीमा हस्तान्तण गरिएकाे हाे ।

रकम पाए पछि आफुलाइ सहयाेग गर्ने सम्पुर्ण सहयाेगीहरूलाइ धन्यवाद दिदै आगामि दिनमा पनि सपाेर्टकाे आवस्क रहेकाे बताइन। अहिले सम्म पाँच वटा गीत रेर्कड भएकाे र चाडैंनै साेम आङदेम्बेकाे शब्द संगीतमा गायक राजेशपायल राइ संग युगल गीत रेर्कड हुने जानकारी गराउदै “म त सानी” ” फक्तालुन से से” दुइ वटा गीत समेत गाएर सुनाइन ।

कार्यक्रममा याक्थुङ कुरूम्बाङ संजुम्बाे हंगकङ समाजका जहर सिंह कुरूम्बाङ,तुला हर्क कुरूम्बाङ,हर्क जंघ कुरूम्बाङ, खगेन्द्र कुरूम्बाङ,देवराज कुरूम्बाङ,हर्कराज कुरूम्बाङ कमला नेम्बाङकाे उपस्थिती रहेकाे थियाे ।कार्यक्रमलाइ सुवास कुरूम्बाङले कलात्मक रूपमा संचालन गरेका थिए हेर्नुहाेस भिडियाेः

तपाईको प्रतिक्रिया