जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा) र हास्यअभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले को,रोना बिरु,द्धको एउटा सन्देशमुलक भिडियो ल्याएका छन् ।मुलुकबासीहरु घरमै क्वारेन्टाईनमा रहेको बेला निकै सुरक्षित रुपमा सुटिङ गर्दै यी तीन कलाकारले कोरोना बिरुद्ध सेचत रहन सन्देश मुलक भिडियो ल्याएका हुन् ।यो भिडियो मार्फत सरकारले घोषणा गरेको लकडाउन सम्बन्धि सचेतना सम्प्रेषण गरिएको छ । लकडाउनको समयमा हेलचेक्राई नगरी घरमै बसिरहन यो भिडियो मार्फत यी तीन कलाकारल संदेश दिएका छन् ।

भिडियोका कथा अनुसार घरमा बसेर दिक्क भएका केदार घुम्न निक्लने क्रममा दीपाकोमा पुग्छन् । बिदेशबाट आएका जितु पनि त्यही पुग्छन् । यी दुबैबाट जितु टाढा बस्छन् । उनी आफुलाई सबैबाट सुरक्षित राख्छन् । दीपाले यस्तो बेलामा सबै आ आफ्नो घरमा बस्नु पर्छ घुम्नु हुँदैन भनेपछि केदार पनि आफ्नो घरमै बस्छु भनेर फर्कन्छन् ।भिडियो हेर्नुहोस

Comments