काठमाडौँ – चितवनकाे भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको निधन भएको छ । वीरगञ्जका ३० वर्षीय ती युवकको मंगलबार बिहान निधन भएको हो ।

उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसकाे स‌क्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोनाको संक्रमण भए-नभएको भने पुष्टि भएको छैन ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निधन भएका युवकमा कोरोना संक्रमण भए नभएको रिपोर्ट प्राप्त भइनसकेको बताए ।

‘व्यक्तिको निधन भएको पक्कै हो, फरक किसिमले पनि हुन सक्छ, कोरोना भए नभएको पुष्टि भएको छैन’, उनले भने, ‘रिपोर्ट आउन बाँकी छ, अहिले नै भन्न सक्ने अवस्था छैन ।’

Comments