कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको तयारी बारे सोमवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सर्वपक्षिय छलफल भएको छ ।

कोरोना भाईरसका बिरामीहरु यस क्षेत्रमा देखापरेको अवस्थामा उपचार गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु तत्काल उपलब्ध गराउन प्रदेश सरकार र स्थानीय सरकारसँग पहल गर्ने निर्णय भएको छलफलमा सहभागि नेकपाका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।

छलफलमा उपचारका लागि अन्य आवश्यक प्रबन्ध मिलाउन प्रदेश र केन्द्र सरकार संग पहल थाल्ने निर्णय भएको छ । छलफलमा नेकपाका जिल्ला सचिव अशोक कोइराला , नेताहरु नरेन्द्र न्यौपाने , अब्दुल हुसेन खान , कुश्माखर बस्याल , रत्ना गिरी , बिष्णु खनाल , नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतल कोहलपुरका अस्पतालका सहायक निर्देशक डा.दिनेश श्रेष्ठ , सहायक निर्देशक डा.सुमित पाण्डे , डा.श्याम बि.क., डा.देबेन्द्र आचार्य लगाएतको उपस्थिती हरेको थियो ।

Comments