काठमाण्डौं,चैत २४ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नाका लागि अन्तरराष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

यसै क्रममा कम्पनीले बस्नखान नदिएपछी सोलुखुम्बुबाट हिंडेरै काठमाण्डौं आईपुगेका छन यी मजदुरहरु । सोलुखुम्बुको एक हाइड्रो पावर कम्पनीमा काम गर्ने यी मजदुर गत २१ गते राती २ बजे हिंडेका हुन ।

कैलाली ,घोडाघोडी नगरपालिकामा बसोबास गर्ने यी आशाराम चौधरी लगायत अन्य ८ जनाको समुह रहेको छ । उनले भने कम्पनीले काम गर भन्यो तर हाम्रो श्वास्थ्यको जिम्मा कस्ले लिन्छ भन्दा कुनै जवाफ दिएन । त्यसपछी हामी लाग्यौं । स्थानिय प्रशासनले पनि कुनै सहयोग गरेन त्यसैले त्यहाँ बसेर नत खान पाउने नत ज्यान नै जोगिने त्यो भन्दा घर जाने बिचार लिएर हामी लाग्यौं । हेर्नुहोस् भिडियो :-

Comments